कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पतिपत्नी नै वडा सदस्यमा निर्वाचित भएका छन् ।
उनीहरु दुई अलग पार्टीबाट उम्मेदवारी दिए पनि दुवै जना जनप्रतिनिधिको रुपमा चुनिएका छन् ।
नेकपा एमालेको तर्फबाट दोधारा चाँदनी नगरपालिका-७ बाट खुला सदस्यमा उम्मेदवार बनेका सन्दीप उपाध्याय विजयी भएका छन् भने उनकी पत्नी कमला उपाध्याय भने नेपाली कांग्रेसबाट महिला सदस्य पदमा विजयी भएकी हुन्।
एमालेबाट खुला सदस्यमा चुनाव लडेका सन्दीपले ७ सय ५५ मत प्राप्त गरेका छन्।
कांग्रेसबाट महिला सदस्यमा उम्मेदवार बनेकी उनकी पत्नी कमलाले भने ७ सय ९२ मत प्राप्त गरेकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया