काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तान विजयी भएका छन् । दोर्जेले ६ हजार ७ सय ६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धि एमालेका उम्मेदवार विदुर हुमागाईले ५ हजार ६ सय ४५ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली निर्वाचित भएकी छिन्। उपाध्यक्षमा नेपालीले एमालेका उम्मेदवार सन्तु थिङले भन्दा ९०६ मत बढी प्राप्त गरेकी छिन्। नेपालीले ६११० मत प्राप्त गरेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया