काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, स्थापितलाई पछ्याउँदै सिर्जना सिंह

लोकपथ
4.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता कायमै रहेको छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धी केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।

पछिल्लो मत परिणामअनुसार बालेनले ९ हजार १ सय ८६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ४ हजार ३ सय २० मत पाएकी छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीक उम्मेदवार मदनदास श्रेष्ठले ५२१ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८१ मत प्राप्त गरेका छन्, भने विवेकशील साझा पार्टी समीक्षा बास्कोटाले २३ मत पाएकी छिन् ।

उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले ७ हजार ८ सय ३० मत ल्याएकी छिन् । उनी आफ्ना निकटम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा झन्डै ३ गुणा मतले अगाडि छिन् । श्रेष्ठले २ हजार २२० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?