काठमाडौं । भरतपुर महानगरपालिकामा सर्वदलीय बैठकपछि भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुरु भएको छ । मतगणनामा राखिएको कर्मचारीलाई डटाइ अर्को कर्मचारीलाई राख्ने र यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्ने भन्ने सर्वदलीय बैठकमा सहमति भएपछि मतगणना सुरु भएको हो ।
मतगणना गर्दा धाँधली भएको भन्दै एमालेका प्रतिनिधिले आरोप लगाएसँगै मतगणना रोकिएको थियो । मतगणना रोकिएसँगै छलफलबाट विवाद नसुल्झिएपछि सर्वदलीय बैठक नै बस्नु परेको थियो ।
उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका थिए ।
एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थलमा सोही प्रकृतिको मतपत्र बदर नगरिएको भन्दै मालेका प्रतिनिधिहरुले मत गणना रोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया