काठमाडौं । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक नै बस्नु पर्ने भएको छ । मतगणना गर्दा धाँधली भएको भन्दै एमालेका प्रतिनिधिले आरोप लगाएसँगै मतगणना रोकिएको थियो ।
मतगणना रोकिएसँगै छलफलबाट विवाद नसुल्झिएपछि सर्वदलीय बैठक नै बस्नु परेको हो । अहिले सर्वदलीय बैठक जारी छ । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका थिए ।
एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थलमा सोही प्रकृतिको मतपत्र बदर नगरिएको भन्दै मालेका प्रतिनिधिहरुले मत गणना रोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया