काठमाडौं । पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्य ५ हजार ७ सय ४८ मतका साथ अग्रस्थानमा रहेका छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत ल्याएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ६ सय ७७ मत पाएका छन् । त्यस्तै, स्वत्रन्त्र उम्मेदवार खडकराज पौडेलले ३ सय ३९ मत ल्याएका छन् भने विवेकशील साझा पार्टीकी सुशिला केसीले ३० मत ल्याएकी छिन् ।
त्यस्तै, उपप्रमुखको उम्मेदवारमा अहिले नेपाली कांग्रेसकी कोपिला रानाभाट अग्र स्थानमा रहेकी छिन् । उनले हाल ५ हजार ७ सय १९ मत ल्याएकी छिन् ।
रानाभाटलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी एमालेकी मञ्जुदेवी गुरुङले ५ हजार ६ सय ८७ मत ल्याएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी रन्जनाकुमारी सेन पौडेल ६ सय ६ मत ल्याएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया