भरतपुर महानगरपालिका अपडेट : विजय सुवेदीको अग्रता कायमै, रेणु पछ्याउँदै

लोकपथ
4.3k
Shares

काठमाडौं । सबैको चासो रहेको भरतपुर महानगरपालिकामा मत गणनाको जारी छ । निकै कडा टक्करका साथ आइरहेको मत परिणामले पनि भरतपुरको मतगणना रोचक भइरहेको छ ।

१३ हजार ५ सय ६५ मत गणना हुँदा पछिल्लो विवरण अनुसार भरतपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । उनले ४ हजार ६ सय २५ मतका साथ अग्रस्थानमा छन् । सुवेदीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी रेणु दाहालले ४ हजार ५ सय ५२ मत ल्याएकी छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत ल्याएका छन् ।

त्यस्तै, उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी अग्र स्थानमा रहेका छन् । उनले ५ हजार ३ सय ९५ मत पाएर अग्र स्थान कायमै राखेका छन् । अधिकारीलाई पछ्याइरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङ ३ हजार ६ सय ७९ मतल्याएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?