धनगढीमा निवर्तमान मेयरलाई टक्कर दिँदै स्वतन्त्र उम्मेदवार हमाल

लोकपथ
1.6k
Shares

काठमाडौं । कैलालीको धनगढी उपामहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता कायमै गरेका छन् । गाेपाल हमाल अहिले निकटतम प्रतिद्वन्दीभन्दा दाेब्बर मतले अघि रहेका छन् ।

चार हजार ५३८ मतका साथ गोपाल हमाल अग्रस्थानमा रहँदा उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार नृपबहादुर वड दुई हजार ४२८ मतका साथ दास्रो स्थानमा रहेका छन् ।

जम्मा एक हजार १४० मत पाएका नेमपा एमालेका रणबहादुर चन्द तेस्रो स्थानमा रहेका छन् ।

नृपबहादुर वड निवर्तमान मेयर हुन् भने गोपाल हमाल यसअघिका पराजित उम्मेदवार हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?