भरतपुर महानगरपालिकामा कडा टक्कर : ३ मतले रेणु अगाडि

लोकपथ
2.2k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन् । ८ हजार ८५ मत गणना गर्दा रेणु दाहालले २ हजार ९ सय १८ मत ल्याएर अग्रता लिएकी हुन् ।

त्यस्तै, दाहाललाई पछ्याइरहेका नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले २ हजार ९ सय १५ मत प्राप्त गरेका छन् । सुवेदी भन्दा रेणु ३ मतले अगाडि रहेकी छिन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ९२४ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३१९६ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले २३१६ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?