प्रतिनिधिहरू बाहिरिएपछि मेचीनगरमा मतगणना प्रभावित

लोकपथ
413
Shares

काठमाडाैं । झापाको मेचीनगर नगरपालिकामा मतगणाना प्रभावित भएकाे छ । मतगणना स्थलबाट प्रतिनिधिहरू हिँडेपछि मतगणाना प्रभावित भएकाे हाे ।

मतगणनामा बस्ने प्रतिनिधिको विषयलाई लिएर विवाद भएकाे थियाे । अहिले माओवादी केन्द्रका प्रतिनिधिहरू गणनास्थल छाडेर बाहिरिएका छन् ।

माओवादी केन्द्रले गणनास्थलमा एमालेले बढी प्रतिनिधि राख्न खोजेपछि आपत्ति जनाएको थियो ।

मतगणनाका लागि सहमतिको प्रयास भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?