एमाले महासचिव पोखरेलले माओवादीलाई लगाए गम्भीर आरोप

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रको कारण देशभरको मतगणना स्थालमा तारबार गर्नुपरेको आरोप लगाएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो आरोप लगाएका हुन् ।

उनले माओवादी केन्द्रले जसरी पनि जित हासिल गर्ने रणनीति लिने कारण मतगणना केन्द्रमा तारजाली लगाउनुपरेको बताउँदै सो कुराले लोकतन्त्र बलियो हुने भन्दै गम्भीर बन्न समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘माओवादी केन्द्रकै कारणले देशभरीका मतगणना केन्द्र तारजालीले घेरिएका हुन्। जसरी नि जित्ने मान्यता लोकतान्त्रिक होइन। गम्भीर बनौ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?