काठमाडौं । प्रतिनिधिसभाकी सांसद निरुदेवी पाललाई अज्ञात व्यक्तिले पेस्तोल ताकेको भनिएको घटनामा नयाँ ‘ट्विस्ट’ आएको छ । अज्ञात पेस्तोलधारी पत्ता लाग्नु त परै जाओस्, पीडित भनिएकी सांसद पालमाथि नै प्रहरीले आशंका गर्न थालेको छ ।
मंगलबार राति बानेश्वरमा अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल ताकेर मोबाइल लुटेको भन्दै सांसद पालले बुधबार बिहानदेखि सुरक्षा गार्डसमेत लिइसकेकी लिएकी छिन् ।
तर, बानेश्वरजस्तो राजधानीको मुटुमा कसैले पेस्तोल ताकेर माननीयको मोबाइल लुट्छ भन्ने कुरा प्रहरी अधिकारीले अहिलेसम्म पत्याउन सकेका छैनन् ।
राजधानीमा सांसदलाई पेस्तोल ताकिएको जस्तो अति संवेदनशील सुरक्षा प्रश्नमा प्रहरीले सक्रियतापूर्वक चासो दिनु स्वाभाविकै हो । तर, देशको सुरक्षा अंग यस कुरामा आश्चर्यमा परेको छ कि सांसद पालमाथि पेस्तोल ताकिएको समाचार मंगलबार रातिसम्म प्रहरीले थाहै पाएन ।
भोलिपल्ट मिडियामा समाचार आएपछि मात्रै महानगरीय अपराध अनुसन्धान महाशाखा, काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, बानेश्वर झल्यास्स भए । त्यसपछि यो घटनामा स्वयं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि चासो दिए ।
तर, प्रारम्भिकरुपमा बुझ्दै जाँदा यो घटना ‘फेक’ हुन सक्ने निश्कर्षमा प्रहरी अधिकारीहरु पुगेका छन् । मानिसहरुको चलह(पहल भइरहने बानेश्वरजस्तो ठाउँमा पेस्तोलधारीले सांसदमाथि नै हतियार देखाएर थ्रेट गर्न सक्ने गरी राजधानीको सुरक्षा व्यवस्था कमजोर नरहेको प्रहरीको दाबी छ ।
तर, बुधबार हामीले भेट्दा सांसद निरुदेवी पाल निकै आत्तिएकी र डराएकी देखिन्थिन् । सांसद पालले जसरी घटनाको बयान गरिन्, त्यसले उनीमाथिको आक्रमण बनावटी जस्तो महसुस हुँदैनथ्यो ।
उनी संसदीय सुनुवाइ समितिको बैठक सकेर प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार जाने क्रममा गाडीमा बसेका बेला हामीले मंगलबार रातिको घटनाबारे सोध्यौं ।
घटना कसरी भयो ? पालले यसरी सुनाइन् –
म मंगलबार साँझ साढे ६ बजे राष्ट्रपतिनिवासबाट आएँ । बिहान साढे ७ बजेदेखि निस्केको मान्छे, हिजो यति धेरै थकाइलाग्यो कि खाना पनि खान मन लागेन र लुगा फेरेर पल्टें ।
सवा ८ बजेतिर मलाई यस्तो चिया खान मन लाग्यो कि भित्र हेरें, दूध थिएन । बाबुलाई लिएर आइज भन्छु भनेको, पढिराखेको रहेछ । त्यसलाई पनि भन्न सकिनँ । अनि फेरि लुगा फेरेर तल ओरालोमा दूध लिन गएँ ।
त्यहाँ भित्र पस्ने ठाउँमा एउटा बिजुलीको पोल छ । त्यहाँनेर एउटा केटो, रेनकोट लगाएको थियो, रेनकोटको टोपी लगाएको थियो, त्यहाँ उभिइरहेको थियो । मलाई देखेपछि फरक्क दिवालतिर फर्कियो । मैले ख्यालै गरिनँ । तल ओरालोमा गएँ । तीन(चारजना एकै ठाउँमा गुजुक्क उभिएर कुरा गरिरहेका थिए । तीनवटा बाइकहरु थिए ।
म तल पसलमा गएँ, दूध पाइँन । त्यसपछि फेरि माथि पसलमा गएँ । त्यहाँ पनि पाइनँ । (साउन १५ गते खीर खाने दिन काठमाडौंमा दूधको अभाव थियो) नपाइसकेपछि त्यहाँबाट फर्किएर फेरि घर जान्छु भन्दाखेरि ठ्याक्कै खुट्टाले मलाई छेकेर यहाँनेर (कञ्चटमा देखाउँदै) लाइ त गो ‘ अहिले पनि यहाँ पोलिराखेको छ भत्भत ।
गल्लीको अगाडि एउटा स्कुलको भित्ता छ, त्यहाँ बोल्दै नबोलिकन ठेल्यो र एक हातले मोबाइल समात्यो, अर्को हातले यसो गर्यो (पेस्तोल ताकेको संकेत गर्दै)
त्यसपछि मैले मोबाइल खोस्न थालेपछि कराइस् भने यहीँ ढाल्दिुन्छु भन्यो । अनि त्यसपछि के भन्यो भने भोलिको बैठक (संसदीय सुनुवाई समिति) मा गइस् भने तेरो बाऊ खड्गे ओलीले पनि तेरो लास पाउँदैन । यत्ति शब्द बोल्यो । अनि विस्तारै रोडतिर गयो ।
यता गयो कि, उता गयो कि, त्यसपछि म कसरी घर गएँ, कसरी पुगें, त्यो थाहा छैन । मार्दिन्छु भनेपछि मेरो ज्यान भन्दा ठूलो त मोबाइल भएन ।
अनि यो नम्बर (अहिले बोकेको) चाहिँ जहिले पनि यही नम्बरबाट बाउ (केपी ओली) सँग फोन गर्थें म । यो नम्बर घरैमा थियो । अनि हत्त न पत्त घर गएर यो फोन लिएर म माथि चार हातखुट्टाले जाँदै गरेको रोजिनाले देखी । कहाँ जाने दिदी भनी । म केही बोलिनँ । एकदमै सास लागिरहेको थियो । बाउलाई फोन गरें । गृहमन्त्री पनि त्यहीँ हुनुहुँदोरहेछ । उहाँसँग पनि कुरा गरें ।
बालाई नै मैले के भनें भने यो ओपन नगरिदिनुहोला । यसले गर्दा भोलिको हाम्रो ईस्यु डाइभर्ट हुन्छ । योचाहिँ नगर्दिनुहोला, तर यस्तो(यस्तो भयो भनेपछि सुरक्षा, सुरक्षा सबैतिर अलर्ट गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया