काठमाडौं । विश्वविख्यात कवि, साहित्यकार तथा दार्शनिक रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाइएको छ ।
काठमाडौंमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयको संयुक्त आयोजनामा सोमबार टैगोरको जन्मजयन्ती मनाइएको हो ।
काठमाडौंको लैनचौरमा रहेको भारतीय राजदूतावासस्थित विवेकानन्द हलमा टैगोरको १६१ औँ जन्मजयन्ती मनाइएको हो ।
सो कार्यक्रम हाल जारी INDIA@75 आजादीका अमृत महोत्सवकै एक हिस्सा अनुरुप उक्त कार्यक्रममा आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुका साथै र आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह गरे । त्यसैगरी स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीहरुले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए भने केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले टैगोरकोे रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता वासु गौतमले “शान्ति निकेतनः शिक्षामा टैगोरको विचार” शीर्षकमा अन्तरक्रियात्मक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा संगीत, कला र साहित्यका युवा विद्यार्थीहरु, CBSE विद्यालयका बालबालिकाहरु, भारतीय डायस्पोराका सदस्यहरु र विद्वानहरुले सहभागीता जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया