अर्घाखाँची । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ४ अमराई उपल्लो बजार निवासी ३९ वर्षीय रिता खनाल अाफूले काम गर्दै अाएको दुबईको एक कम्पनीको बाथरूममा मृत अवस्थामा फेला परेकी छन्।
दुबई स्थित टेनजिस्को सप्लायर्स कम्पनीमा २ बर्ष देखी काम गर्दै अाएकी उनी कम्पनीको बाथरूम भित्र चुन्नीले घाटी कसेर ढोकाको चुक्कलमा चुन्नीको टुप्पो बाधिएको र सव घोडाले टेकेर भुईमा बसेको अवस्थामा मृत भेटीएको अर्घाखाँची दुबई सम्पर्क मन्चका राजु खड्का र हेम बहादुर थापाक्षेत्रीले टेलीफोनमा जानकारी दिए ।
उनीहरूका अनुसार सवलाई पोष्टमाट्मका लागी शारदा सरकारी अस्पतालमा राखिएको , घटना बारे एमबिसीलाई जानकारी भैसकेको र एमबिसीले थप अनुसन्धान सुरू गरेको बताए ।
पोष्टमाट्म पछि घटनाको पुर्ण रिपोर्ट अाएपछी सवलाई एमबिसीले नेपाल पठाउने काम हुन्छ यसको लागी एक दुई दिन समय लाग्ने बताईएको छ । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
हिजो साउन १२ गते कम्पनीको बाथरूम भित्र मृत अवस्थामा फेला पारेपनि साझँ मात्र कार्यालयका कर्मचारीले अाफन्तलाई जानकारी गराएका थिए ।
अफिसमा ४ जना महिला कामदार रहेको, हिजो शनिबार दुबईको बिहान ७ बजे सगै चिया खाएर अाफ्नो अाफ्नो काममा लाग्यौं र बिहान ११ बजे खाना खाने बेलामा रिता खनाल नअाउदा खोज्ने क्रममा बाथरूममा चुन्नीले घाटी कसिएको र चुन्नी ढोकाको चुक्कलमा बाधिएको, सव भुईमा घोडाले टेकेको अवस्थामा मृत भेटीएको एउटै अफिसमा सगै काम गर्ने चितवन माणी नगरपालीका घर भएकी सिता रेग्मीले टेलीफोनमा जानकारी दिईन् ।
रेग्मीका अनुसार अनुसन्धानका लागी पक्राउ परेका एक युवकलाई दुबई प्रहरीले छाडिदिएको जानकारी प्राप्त भएको छ । अन्दाजी ३९ बर्षिय रिता खनाल २ बर्षदेखी रोजगारको निम्ति दुबई पुगेकी हुन् । १ छोरा र १ छोरिकी आमा उनि नोकरी छोडेर अब नजाने हिसाबले दशैं मनाउन नेपाल आउने तयारी रहेको पारिवारिक श्रोतले जनाएको छ ।
अमराबती युबा क्लब अमराईको भुपु अध्यक्ष , विभिन्न सामाजिक संघ संस्था संग आबद्ध तथा खनाल स्टोरका संचालक टुकलाल खनालको जीवन संगिनी रिताको निधनले अमराई गाँउ शोकमग्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया