काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपालमा सेफहरु मनग्य उत्पादन भएपनि सबै क्षेत्रमा पुर्याउन नसकिएको बताए । अधिकांश पाँचतारे होटलहरु काठमाडौंमै रहेकोले मानिसहरु पनि सुविधाका कारण बाहिरी जिल्लामा जान नरुचाउने गरेको बताए । वरिष्ठ उपाध्यक्ष साहले सिद्धहस्त सेफहरुको पहिलो रोजाइ विदेश भएकोले पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको उल्लेख गरे ।
त्यस्तै सेफ्स एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम लामाले सेफहरुको क्षेत्रमा सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले सेफ सोसाइटीले गरेको क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्ने आवश्यक रहेको जिकिर गरे ।
सेफ्स एसोसिएसन अफ नेपालले खानाको शुद्धता तथा स्वास्थ्यता हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहित यस वर्ष आफ्नो २८ औँ वार्षिकोत्सव मनाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया