काठमाडौं । प्रहरीले काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ ।
विजनेस भिसामा नेपाल आएका र भिसाको म्याद समेत सकिएका उनीहरु विभिन्न गठीका काममा समेत संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपालमा आइ भिसा सकिएको तर पनि अनलाइन जुवा खेलाउने तथा विभिन्न किसिमका ठगीमा संलग्न रहेको आरोप रहेको छ ।
प्रहरीका अनुसार अध्यागमन विभागमा अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया