बैंकहरूको खुद मुनाफामा १० प्रतिशतले वृद्धि : २७ वटा वाणिज्य बैंकले ९ महिनामा कमाए ५१ अर्ब रुपैयाँ

लोकपथ
56
Shares

काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा झण्डै १० प्रतिशतले वृद्धि भएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २७ वटा बैंकहरूले कुल ५१ अर्ब एक करोड ७६ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा भने बैंकहरूले ५० अर्ब ७४ करोड २५ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । सोही आधारमा बैंकहरूको खुद मुनाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा १० प्रतिशतले बढी देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमासमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा लक्ष्मी बैंकले कमाएको छ ।

ग्लोबल आईएमईले चालू आवको पछिल्लो ९ महिनामा तीन खर्ब ७२ अर्ब ६२ करोड १२ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा लक्ष्मी बैंकले जम्मा ८५ करोड ८९ लाख ६७ हजार रुपैयाँ कमाएको छ ।

गत आवको सोही अवधिमा भने ग्लोबल आईएमईले तीन अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा लक्ष्मी बैंकले एक अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चालू आवको तेस्रो त्रैमासमा एनआईसी एसिया बैंक भने तीन अर्ब ५० करोड ५४ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने दोस्रो ठूलो बैंक बनेको छ । गत आवको सोही अवधिमा एनआईसी एसियाको यस्तो नाफा तीन अर्ब ४६ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

नबिल बैंकले भने चालू आवको तेस्रो त्रैमासमा तीन अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा तीन अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ रहेको थियो । सोअनुसार नबिल बढी नाफा कमाउने तेस्रो ठूलो बैंक बनेको छ ।

प्राइम कमर्सियल बैंक भने दुई अर्ब ७२ करोड २० लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको आधारमा चालू आवको तेस्रो त्रैमासमा बढी नाफा कमाउने चौथो ठूलो बैंक बनेको छ । गत आवको सोही अवधिमा प्राइमको यस्तो नाफा दुई अर्ब ८१ करोड ७६ लाख ७६ हजार रुपैयाँ रहेको थियो । बढी नाफा कमाउनेमा पाँचौँ स्थानमा भने एनएमबी बैंक परेको छ ।

एनएमबीले चालू आवको तेस्रो त्रैमासमा दुई अर्ब ६६ करोड ५२ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा एनएमबीको यस्तो नाफा दुई अर्ब ५१ करोड ६४ लाख ८७ हजार रुपैयाँ रहेको थियो । यीबाहेक राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, मेगा बैंक र सिद्धार्थ बैंकको खुद मुनाफा चालू आवको तेस्रो त्रैमासमा दुई अर्ब रुपैयाँ नाघेको छ ।

सिटिजन्स बैंक इन्टरनेसल लिमिटेड, नेपाल बंगलादेश बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, माछापुच्छे« बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, नेपाल एसबीआई बैंक र सनराइज बैंकको खुद मुनाफा चालू आवको तेस्रो त्रैमासमा एक अर्ब रुपैयाँ नाघेको छ । चालू आवको तेस्रो त्रैमासमा सिभिल बैंक, बैंक अफ काठमाडौं र लक्ष्मी बैंकको खुद मुनाफा भने एक अर्ब रुपैयाँभन्दा कम देखिएको छ ।

कुन बैंकले कति कमायो नाफा ? (रकम रु हजारमा)


(स्रोत सम्बन्धित बैंकको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?