तारकेश्वर नगरपालिकामा पुरानै मेयर र उपमेयरलाई दोहोर्‍याउने एमालेको तयारी

लोकपथ
2.3k
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा नेकपा एमालेले पुरानै मेयर र उपमेयरलाई दोहोर्‍याउने तयारी गरिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको प्रदेश टिकट समन्वय समितिको बैठकले मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भवानी डोटेल धिताललाई दोहोर्‍याउने तयारी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

तारकेश्वर नगरपालिकाका वर्तमान मेयर रामेश्वर बोहोरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए । बामगती प्रदेश कमिटीको सदस्य समेत रहेका मेयर बोहोरा तत्कालीन मनमैज्जु गाविसको गाविस अध्यक्षसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?