आज लर्ड अफ ड्रिंक्स ठमेलमा पवनदिपलाई सुन्न सकिने

लोकपथ
154
Shares

काठमाडौं । भारतीय चर्चित गायक इन्डियन आइडल-२०२१ विजेता पवनदीप राजनलाई आज लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेलमा सुन्न सकिनेछ । पवनदिपले एलओडी ठमेलमा विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् ।

पवनदिपले हिजो याक एन्ड यतीमा भएको कार्यक्रममा जोडदार प्रस्तुति दिएका थिए । पवनदिपले लोकप्रिय चर्चित भारतीय गीत गाएका थिए भने उनले नेपाली गीत समेत गाएर सम्पूर्ण अतिथि एवं उपस्थितहरुलाई नचाएका थिए ।

कार्यक्रम व्यवस्थापन गरेको ३६५ इभेन्ट्स एन्ड मिडियाका अनुसार आजएलओडी ठमेलमा हुने सांगीतिक प्रस्तुतिको सीमित टिकट मात्र रहेको र पवनदिपलाई सुन्न मनपराउनेहरुले आईएमई पे वालेटमार्फत टिकट खरिद गर्न सकिने बताए ।

३६५ इभेन्ट्स एन्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (ह्यापी)का अनुसार टिकट लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेल साथै ३६५ इभेन्ट्स एन्ड मिडियामा सम्पर्क गरेर खरिद गर्न सकिने बताए ।

आयोजकका अनुसार २५ सय र ती हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ । चर्चित गायक पवनदीपले आज विभिन्न धार्मिक स्थलहरूको समेत अवलोकन गरेको आयोजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?