ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् । ललितपुर १० को वडा अध्यक्षमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले २०२९ सालदेखि वडा अध्यक्षमा लगातार स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिँदै आएका छन् ।
५० वर्षदेखि लगातार वडा अध्यक्षमा निर्वाचित व्यञ्जनकारले यस पटक पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । अपराजित रहेका उनले यस पटक उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया