स्वतन्त्रकाे मेयरबाट एमालेको उपमेयरमा किन मोडियो सुनिताको बाटो ?

लोकपथ
4.6k
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्रबाट मेयरको उम्मेदवार बन्ने घोषणा गरेकी सुनिता डंगोल एमालेबाट उपमेयरका लागि लड्ने भएकी छिन् ।

शनिबार राति नेकपा एमालेको सचिवालय बैठकले डंगोललाई उपमेयर बनाउने निर्णय गरेसँगै यतिबेला सबैतिर त्यसबारे चासो र चर्चा भएको छ ।

काठमाडौं महानगरमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी डंगोलले वैशाख २ गते आफ्नो प्रतिबद्धतापत्रसहित ८ खम्बे नीतिसहित घोषणापत्र समेत सार्वजनिक गरेकी थिइन् । तर एकाएक एमालेबाट उपमेयर बनाउने निर्णयसँगै उनले त्यसबारे थप स्पष्ट पारेकी छिन् ।

उनले आफूले युवाको आवाज बुझ्ने सांस्कृतिक, सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग निरन्तर रुपमा सम्पर्क भइरहेको बताउँदै आएकी थिइन् ।

सो क्रममा आफ्नो विज्ञताको कदर गर्ने, अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रस्ट लक्ष्यसहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा एमालेलाई पाएको र उम्मेदवार बनेको स्पष्ट पारेकी छिन् ।

‘मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, सांस्कृतिक-सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रस्ट भनेकी थिएँ। यो दौरानमा मैले विज्ञताको कदर गर्ने, अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा(एमाले)लाई पाएँ’, उनले भनेकी छिन् ।

त्यसैगरी आफूले एउटा पदबाट निर्वाचन लड्ने घोषणा गरे पनि आफूलाई पदभन्दा पनि लक्ष्यले डोहोर्‍याएको कारण आफूले एमालेबाट उम्मेदवार बन्न लागेको बताइन् ।

‘वास्तवमै मेरो उद्देश्य काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिक्कै काठमाडौं बनाउने हो। त्यसैले यो पटक मैले पदलाई भन्दा मेरो लक्ष्यलाई ठूलो ठान्दै नेकपा९एमाले० र सो पार्टीका आदरणीय अध्यक्ष तथा शीर्ष नेतृत्व तहको म प्रतिको विश्वासलाई स-धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै म नेकपा(एमाले)को तर्फबाट उप९मेयरको उम्मेदवार बन्ने निर्णय गरेकी छु ।’ उनले भनेकी छिन् ।

यस्तो छ उनको स्पष्टोक्ती

यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनकालागि यस अघि नै मैले काठमाडौं महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेको विदितै छ । मेयर पदको मेरो घोषणालाई आम मतदाता र शुभेच्छुकले देखाएको अनन्त स्नेहले मलाई प्रफुल्लित मात्रै होइन म जन्मेको माटो र हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट, हिम्मत, उत्साह र थप साहस प्राप्त भएको छ । त्यति मात्रै होइन काठमाडौंलाई सुन्दर र व्यवस्थित सहर बनाउने मेरो सपनालाई मूर्तरूप प्रदान गर्न युवाहरु लगायत आम काठमाडौंबासीहरुको भरपर्दो साथ, सहयोग र समर्थन छ र हुनेछ भन्ने मेरो अपेक्षा पनि थप बलियो बन्दै गएको छ ।

म प्रति अथाह स्नेह राख्ने मतदाता र शुभेच्छुकको लागि मैले इमान्दारितापूर्वक भन्नै पर्ने हुन्छ राजनीतिमा मेरो यो पहिलो खुड्किलो हो । मैले राजनीतिकै माध्यमबाट निकै लामो यात्रा तय गरेर जनताको सेवा गर्दै जानु पर्दछ । मैले पटक पटक भनेकी थिएँ म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, साँस्कृतिक-सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रष्ट भनेकी थिएँ। यो दौरानमा मैले विज्ञताको कदर गर्ने, अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा(एमाले)लाई पाएँ ।

वास्तवमै मेरो उद्देश्य काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिक्कै काठमाडौं बनाउने हो। त्यसैले यो पटक मैले पदलाई भन्दा मेरो लक्ष्यलाई ठूलो ठान्दै नेकपा(एमाले) र सो पार्टीका आदरणीय अध्यक्ष तथा शीर्ष नेतृत्व तहको म प्रतिको विश्वासलाई स-धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै म नेकपा(एमाले)को तर्फबाट उप-मेयरको उम्मेदवार बन्ने निर्णय गरेकी छु ।
नेकपा(एमाले) जस्तो दर्बिलो संगठन भएको जनतालाई मनपर्ने सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उप-मेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा, महिला, सामाजिक-साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु । यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरु, म जस्ता दक्ष महिलाहरु, सामाजिक-साँस्कृतिक अभियन्ताहरु सवैलाई गरेको सम्मान हो ।

अहिले उप-मेयर पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरुकै माया र आशीर्वादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईहरुले म माथि गरेको विश्वास र भरोसालाई कुठराघात गर्ने छैन । तपाईहरु सबैको शीर कहिल्यै पनि झुक्न दिने छैन । तसर्थ यो प्रतिबद्धता व्यक्त गर्दै म आदरणीय सम्पूर्ण जनसमुदायलाई सूर्य चिन्हमा मतदान गरी नेकपा(एमाले)को सबै उम्मेदवारहरुलाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्दछु ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?