उम्मेदवारी दर्ता गराएपछि समीक्षाले भनिन्- ‘काठमाडौं महानगर वैकल्पिक राजनीतिको किल्ला हो’

लोकपथ
301
Shares

काठमाडौं । विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार रहेकी समीक्षा बाँस्कोटाले काठमाडौं महानगरपालिका वैकल्पिक राजनीतिको किल्ला भएको बताएकी छिन् ।

वैकल्पिक राजनीतिकको केन्द्रका मतदाता परिवर्तनको संवाहक बन्नेछन् भन्ने आफूलाई विश्वास रहेको उनले बताइन् ।

‘काठमाडौं महानगरबासी वैकल्पिक राजनीतिको किल्ला हो । वैकल्पिक राजनीतिको केन्द्र हो भनेर चिनिएका काठमाडौंबासी परिवर्तनको संवाहक बनिदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु’, उम्मेदवारी दर्ता गराएपछि उनले भनिन्, ‘परिवर्तन चाहने मतदाताले हामीलाई सहयोग गर्नुहुन्छ ।’

सबैभन्दा पहिले पुगेर समीक्षा बाँस्कोटाले गराइन् उम्मेदवारी दर्ता : 

विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा समीक्षा बास्कोटालले उम्मेदवारी दर्ता गराएकी छन् । उनले आइतबार राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

यससँगै काठमाडौंको मेयरलगायतका पदहरुमा उम्मेदवारी दर्ता सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?