अटेरी समूहबाट पौडेलले दिए पोखराको मेयरमा उम्मेदवारी

लोकपथ
63
Shares

पोखरा । अटेरी अभियान चलाउँदै आएका गनेश पौडेलले पोखराको मेयरमा उम्मेदवारी दिएका छन् ।

पौडेलको उम्मेदवारी १ नम्बरमा दर्ता भएको छ । अघिल्लो चुनावदेखि नै फरक गतिविधि गर्दै आएका उनले अहिले मेयरमा उम्मेदवारी दिएका हुन् । अटेरीबाट पोखराका थप १७ वटा वडामा अध्यक्षको उम्मेदवारी पर्ने भएको छ ।

आफ्नै लोगो अंकित टिसर्ट लगाएर आएका उनीहरुले उम्मेदवारी दर्ता गराइरहेका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी थिए । दुवैजना पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरेर मतदान गर्दै छन् । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले उम्मेदवारी दिएको बताए ।

‘गठबन्धनविरोधी भावना बढेको छ । स्थानीय तहमा दलीयभन्दा स्वतन्त्र उम्मेदवारले काम गर्न सक्छन् भन्ने मान्यता बढेको छ’, उनले भने, ‘हामी चुनाव जित्छौं । हाम्रो पक्षमा लहर राम्रो भएको छ ।’ ५५ हजारभन्दा बढी मत ल्याउने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?