काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयरको स्वतन्त्र उम्मेदवार बनेका र्यापर बालेन साहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छन् ।
मेयरका स्वतन्त्र उम्मेदवार बालेनले आइतबार बिहान काठमाडौंमा एक कार्यक्रम आयोजना गरि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई मुख्य एजेण्डासहित जनतामा जानुपर्नेमा जोड दिँदै आइरहेका बालेनले आफ्नो घोषणापत्रमा सो कुरालाई प्राथमिकता दिएका छन् ।
उनले शिक्षामा इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षासँगसँगै विश्वस्तरमा जोड्न सकिने खालका उच्चस्तरीय प्रविधिसहितका कक्षा १ देखि ८ सम्मको पाठ्यकम परिमार्जन गर्ने, प्रारम्भिक बाल्यकाल शिक्षादेखि सूचना प्रविधि शिक्षाको परिचय दिने गरी पाठ्यक्रम निर्माण गरिने लगायतका योजनाहरु रहेको छन् ।
त्यसैगरी स्वास्थ्यका क्षेत्रमा ७० वर्षमाथिका बृद्ध बृद्धाको घरघरमै गएर स्वास्थ्य परीक्षण गरिने व्यवस्था गर्ने, स्वास्थ्य सेवा कार्डको प्रावधान गरिने । जसमा सबै निजी तथा सार्वजनिक अस्पतालहरुका रेकर्डहरु राखिने लगायतका प्रतिबद्धताहरु रहेका छन् । त्यस्तै सबै वडामा सार्वजनिक शौचालय स्थापना गरिने लगायतका योजनाहरु रहेका छन् ।
सांगीतीक क्षेत्रबाट आफ्नो परिचय बनाएका बालेन पेसाले इन्जिनियर हुन् । आगामी स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्ने घोषणा गरेसँगै तरंग पैदा भएको थियो ।
पूर्णपाठ हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्
https://drive.google.com/file/d/1Sf1wqW-oBe0lyv-epBPZQCW76r0PZbPt/view?usp=sharing
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया