महानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन बस्दै

लोकपथ
98
Shares

काठमाडौँ ।  उम्मेदवारी दर्ता गर्ने पहिलो दिनसम्म पनि एमालेले महानगरपालिकाको उम्मेदवार टुंगो लगाउन सकेको छैन । उम्मेदवार टुंगो लगाउन काँग्रेस केही दिनयता निरन्तर छलफलमा जुटेपनि औपचारिक ?पमा नाम टुंगो लगाउन नसकेको हो ।

उम्मेदवार टुङ्गो लगाउन पार्टीका शीर्ष नेताहरू शनिबार पनि बालुवाटारमा जुटेका थिए । काँग्रेस सहमहामन्त्री बद्री पाण्डेकाअनुसार काँग्रेसका शीर्ष नेताको बैठकमा शनिबार ठोस सहमति जुट्न नसकेपछि आइतबार नै सबै विषय टुंग्याइने बताए ।

आज ििबहान ९ पार्टी कार्यालय सानेपामा शीर्ष नेताबीच अनौपचारिक छलफल हुने र ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले यसबारे अन्तिम निर्णय हुने उनको भनाइ छ ।

काँग्रेसमा काठमाडौँको मेयरको उम्मेदवारका सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णयमा पुग्न सकिएको छैन । सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको थियो । काग्रेस उपमहानगरमा भने अधिकांश उम्मेदवार टुंगो लगाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?