महानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेपाली काँग्रेसका नेताहरु दिनभर छलफलमा जुटेपनि नाम फाइनल गर्न असफल भएका छन् । काँग्रेसका एक पदाधिकारीका अनुसार काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा करिब सहमति भए पनि अन्य महानगरपालिकाको हकमा सहमति जुट्न नसकेको हो ।
ती नेताका अनुसार ललितपुर र विराटनगरको मेयरको उम्मेदवार अब आइतबार नै टुंग्याइनेछ ।
उम्मेदवारको टुंगो लगाउनका लागि आइतबार ११ बजेका लागि केन्द्रीय कार्यासम्पादन समितिको बैठक बोलाइएको छ । त्यसअघि पनि नेताहरु आन्तरिक छलफलमा जुट्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया