१. ६ वटा महानगरको उम्मेदवारी दर्तापछि मात्रै मतपत्र छापिने, स्थानीय तह निर्वाचनलाई ८७ प्रकारका मतपत्र डिजाइन, १ करोड ९४ लाखमध्ये १ करोड ३६ लाख मतपत्र छपाइ सकियो ।
२. उम्मेदवार टुंग्याउने अन्तिम तयारीमा दलहरु, गठबन्धनलाई भागबण्डा र एमालेलाई उम्मेदवार छान्न सकस, आइतबार र सोमबार मनोनयन दर्ता गरिने ।
३. स्थानीय तह निर्वाचका लागि गरिएको गठबन्धले नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि, स्थानीय तहमा राजीनामा र तालाबन्दीको लहर चल्यो ।
४. प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सांसदको टोलीबीच भेट, बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विषयमा छलफल ।
५. महिलालाई समावेशी ढंगले उम्मेदवार बनाउन निर्वाचन आयोगको आग्रह, आइतबार र सोमबार १० देखि ५ बजेसम्म उम्मेदवार दर्ता गरिसक्नुपर्ने ।
६. पाल्पाका स्थानीय तहमा तालमेलका लागि सत्तारुढ दलहरुबीच सहमति, कांग्रेसलाई ६, माओवादी र एकीकृत समाजवादीलाई दुई÷दुई पालिका ।भागबण्डा ।
७. स्थानीय तहको सिट बाँडफाँटप्रति एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टि, निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउन एमालेले षडयन्त्र गरिरहेको आरोप ।
८. चुनावको लागि १ लाख ६८ हजार सुरक्षाकर्मी खटाइने, निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने ।
९.गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने, मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति ।
१०.नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त, निको हुने दर ९८ दशमलव ८ प्रतिशत ।
११. मध्य तराईमा केही दिनदेखि अत्यधिक गर्मी बढ्यो, वैशाखमै उच्च गर्मी हुन थालेपछि स्थानीयलाई असार साउनमा के होला भन्ने चिन्ता ।
१२. अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउन तालिबानको आदेश, उक्त एपका कारण युवाहरुमा नकरात्मक प्रभाव परेको तालिबानको दाबी ।
१३. भारतमा एकैदिन थपिए २५ सय कोरोना संक्रमित, ३३ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या १५ हजार नाघ्यो ।
१४. सहिद स्मारक ’सी’ डिभिजन लिगमा मनोहरा युनाईटेड र सानेपा क्लबको विजयी सुरुवात, विरगंज युथ एकेडेमी मनोहरासँग ४–शून्य गोल र ओसिस क्लब सानेपासँग ३–शून्य गोल अन्तरले पराजित ।
१५. र प्रिमियर लिग अन्तर्गतको फुटबल खेलमा आज राति म्यानचेस्टर सिटी र वाटफर्ड भिड्दै, दुवै टोलि एक अर्कालाई हराएर जित हात पार्ने दाउमा।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया