काठमाडौं । ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ । शनिबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो जानकारी दिएका हुन् । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।
यसो हुँदा राष्ट्रिय दलहरुले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहन्छ, उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न रहँदैन । यसैबीच, आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया