काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

लोकपथ
0
Shares

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । यसअघि शुक्रबारका लागि तय भएर स्थगित भएको बैठक आज बस्न लागेको हो ।
शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा नेताहरुको कार्यव्यस्तताका कारण आजका लागि सारिएको थियो । जसअनुसार बैठक बिहान ११ बजे बस्नेछ भने महानगर र उपमहानगरमा पार्टीको तर्फबाट लड्ने उम्मेदवारहरुको टुंगो लगाइनेछ ।

सो बैठक केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?