वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नुवाकोटका ३ स्थानीय तहमा सत्ता गठबन्धनबीच तालमेल भएको छ । काँग्रेस जिल्ला सभापति रमेश कुमार महत र नेकपा माओवादी केन्द्रका नुवाकोट संयोजक पुष्प लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार बेलकोटगढीको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ । यस्तै विदूर नगरपालिकामा काँग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयर पदमा उम्मेदवारी दिने सहमति हुँदा तारकेश्वर गाउँपालिकामा काँग््रेसले अध्यक्ष तथा माओवादी केन्द्रले उपाध्यक्ष उठाउने सहमति भएको छ ।
सहमतिअनुसार विदूरमा काँग्रेसले ९, माओवादीले ३ तथ नेकपा एकीकृत समाजवादी पार्टीले एउटा वडाध्यक्ष पाउने सहमति हुँदा बेल्कोटगढीमा काँग्रेसले ६, माओवादीले ५ तथा समाजवादीले २ वटा वडाध्यक्ष पाउनेगरी सहमति भएको छ ।
यस्तै तारकेश्वरमा काँग्रेसले ४ तथा माओवादीले २ वटा वडाध्यक्ष पाउने गरी सहमति भएको छ । यस्तै वडा सदस्यहरुमा वडाध्यक्ष हुनेले २ वटा लिने तथा काँग्रेस र माओवादीलाई कम्तिमा एउटा सदस्य सुनिश्चित गर्ने सहमति भएको छ । यस्तै समाजवादी र जसपाको संगठन भएका सबै वडाहरुमा दुबै दलहरुलाई १–१ वडा सदस्य सुनिश्चित गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
यस्तै नुवाकोटका बाँकी ९ वटा पालिकाहरुमा भने अझै सहमति भइसकेको छ । ती पालिकामा निरन्तर छलफल गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया