नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीले स्थानीय तह निर्वाचन –२०७९ का लागि आफ्नो प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । महानगर कमिटीले नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं काठमाडौँ जिल्ला इञ्चार्ज कृष्णगोपाल श्रेष्ठको प्रमुख आथित्यतामा प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
१ सय ८ बुँदाको सार्वजनिक प्रतिवद्धता–पत्रमा नेकपा (एमाले) नेतृत्वका जनप्रतिनिधीहरुको पहिलो कार्यकालमा ऐन, नियम, कार्यविधिहरुको तर्जुमा, सडक तथा ढलहरुको नियमित मर्मत सम्भार, स्तरोन्नति तथा विस्तार, २०७२ सालको महाभूकम्पबाट क्षति भएका सम्पदाहरुको जीर्णोद्धार, पुनर्निर्माण, अमूर्त सम्पदाहरुको जगेर्र्ना जस्ता कार्य अघि बढेको उल्लेख छ ।
‘सार्वजनिक स्थल संरक्षण, वडा कार्यालय भवन निर्माण, विद्युतीय सुशासन, जनस्वास्थ्य सेवा प्रवद्र्धन, स्थानीय भाषामा पठनपाठन, आधुनिक शौचालय निर्माण, आकाशे पानी पुनर्भरण, सामुदायिक विद्यालय पूर्वाधार तथा शिक्षण सुधार, फोहरमैला ब्यबस्थापनको दीर्घकालीन समाधानको कार्यान्वयन प्रक्रिया आरम्भ, युवा उद्यमशीलता प्रवद्र्धन, तथ्यमा आधारित नीति निर्माण जस्ता महत्वपूर्ण तथा दूरगामी कार्यक्रम तथा योजनाहरु कार्यान्वयन भएका छन्,’ प्रतिवद्धता–पत्रमा भनिएको छ, ‘विशेषतः विश्वव्यापी कोभिड–१९ को महामारीबाट ग्रसित महानगरवासीको जीवनरक्षाको लागि काठमाडौं महानगरपालिकाको भूमिका अग्रणी रह्यो ।’
२०७४ बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो निर्वाचनमा काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले का उम्मेदवारहरुमध्ये प्रमुखसहित १८ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्य सहित ७७ जना वडा सदस्य पदमा विजय हासिल गरेको थियो । प्रतिवद्धता–पत्रमा काठमाडौं महानगरलाई संघीय नेपालको साँस्कृतिक, प्रशासनिक एवं आर्थिक केन्द्र सहितको राजधानीको रुपमा विकास गरिने उल्लेख छ ।
प्रतिवद्धता–पत्रमा शहरी आवागमन तथा यातायात पूर्वाधार विकासका सन्र्दभमा संघ र प्रदेशसँगको सहकार्यमासंभाव्य स्थलहरूमा उपयुक्त विद्युतीय बस सेवा वीआरटी, मोनो रेल र मेट्रो रेलको रणनीति तर्जुमा गरी विकास गरिने उल्लेख छ । उपयुक्त स्थानहरुमा साइकल लेन तथा साइकल पार्किङ्ग निर्माण गरिने पनि प्रतिवद्धता–पत्रमा उल्लेख छ । ‘काठमाडौंका महत्वपूर्ण पर्यटकीय तथा व्यावसायिक स्थानहरूमा स्थानीयवासीको गाडी पार्किङ्गको वैकल्पिक व्यवस्था सहित पैदलयात्रुमैत्री बनाइनेछ,’ प्रतिवद्धता–पत्रमा भनिएको छ,‘गाडी पार्किंङ्गको अत्यधिक माग भएका स्थानहरुमा भर्टिकल मेकानिकल पार्किङ सिस्टमको ब्यबस्था गरिनेछ ।
प्रतिवद्धता–पत्रमै रानीपोखरीदेखि दशरथ रङ्गशालासम्मको गुरुयोजना कार्यान्वयन गरिने, कमलपोखरी पुनर्निर्माणको दोश्रो चरण सम्पन्न गर्ने, वसन्तपुर कोतक्षेत्रमा खुला चोकसहितको जीवन्त संग्रहालय निर्माण गर्ने उल्लेख छ । ‘महानगरपालिकाको ब्यबस्थापनमा रहेका सडकहरु जथाभावी खन्नरोक लगाइनेछ,’ प्रतिवद्धता–पत्रमा भनिएको छ,’ ‘काठमाडौं महानगरपालिकाको केन्द्रीय प्रशासनिक भवन, टेकुमा चार्जिङ्ग स्टेशन सुविधा सहितको बहुतल्ले पार्किङ्ग भवनतथा धर्मपथस्थित ‘येँ देय्’ साँस्कृतिक भवनहरुको निर्माण आगामी दुई बर्षभित्रमा सम्पन्न गरिनेछ ।’
सडक र चोकहरुमा स्मार्ट स्ट्रिट लाइट तथा हाइमास्ट जडान गर्ने, स्मार्ट ट्राफिक सिग्नलको ब्यबस्था गर्ने, आगामी पच्चिस वर्षको जनसंख्या वृद्धिलाई दृष्टिगत गरी सिस्नेरी खोला, ठोस्ने खोला लगायतका श्रोत मार्फत नयाँ खानेपानी आयोजनाहरूकोकार्यान्वयनमा सहकार्य गर्ने,नगरका नदीहरुको पुनर्जीवन दिन, दिर्घकालिन सरसफाई तथा स्वच्छता कायम गर्न, सार्वजनिक जग्गाको संरक्षण गरी नदी किनार हरियालीयुक्त बनाउन अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गर्ने जस्ता कुरा पनि प्रतिवद्धता–पत्रमा उल्लेख गरिएको छ ।
‘पुनर्निर्माण हुन बाँकी रहेका सम्पूर्ण द्यःछेँं, आगंछेँ, त्वाःछेँ, क्वापाःछें, मन्दिर, बहाः बही, पाटी, सत्तल, ल्वहंहिटी आदि सम्पदाहरुको निर्माण कार्य सम्पन्न गरिनेछ । भद्रकाली, महाँकाल, वडा २५ को नउदेगः, संकटा मन्दिर लगायतका सम्पदाहरुको पुनर्निर्माण गरिनेछ,’ प्रतिवद्धता–पत्रमै भनिएको छ,’ ‘बौद्ध मूर्त अमूर्त सम्पदाहरुको संरक्षण तथा प्रबद्र्धन गर्न “बहाः बही संरक्षण तथा प्रबद्र्धन विकास समिति” गठन गरिनेछ । विश्व सम्पदामा सूचिकृत वसन्तपुर दरवार क्षेत्र, स्वयम्भू, पशुपतिनाथ र बौद्ध परिसरको संरक्षण तथा विकासको लागि गुरुयोजना कार्यान्वयन गर्न सहकार्य गरिनेछ ।’
त्यसैगरी इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रा, पचली भैरब जात्रा, पाँहाचह्रे पर्व लगायतका जात्रा÷ पर्वहरुलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनहरुको संरक्षण तथा पुनःनिर्माणको लागि अनुदान दिइने जस्ता कुरा पनि उल्लेख गरिएको छ ।
मौलिक चित्रकला, मूर्तिकला, बाजागाजाको औपचारिक शिक्षा प्रदान गर्न सामुदायिक शैक्षिक संस्थासँगको सहकार्यमा “यें देय्ललितकला क्याम्पस” को स्थापना गर्ने, काठमाडौंका सम्पदाहरुको अवलोकन गराई पर्यटन अभिबृद्धि गर्न “हप अन हप अफ” विद्युतीय बस सञ्चालन गरिने पनि उल्लेख गरिएको छ । ‘संस्थागत तथा सामुदायिक विद्यालयहरुमा स्थानीय विषयको पठनपाठन नेपालभाषामा गर्ने कार्यलाई व्यापक र प्रभावकारी बनाइनेछ,’ प्रतिवद्धता–पत्रमा भनिएको छ,’ ‘एक नर्स एक विद्यालय’ कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । सबै सामुदायिक बिद्यालयहरुमा बालिकामैत्री शौचालयको ब्यबस्था गरिनेछ । नमूनाको रुपमा दुईवटा क्याम्पसहरुमा महिलामैत्री आधुनिक शौचालयको निर्माणमा साझेदारी गरिनेछ ।’
लैङ्गिक समानताकोे आधार : छोरी बुहारीलाई रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार परिवारका महिलालाई क्षमता तथा योग्यता अनुसारको तालिम उपलब्ध गराई रोजगारीमा पहुँच सुनिश्चित गरिने कुरालाई पनि प्रतिवद्धता–पत्रमा प्राथमिकतामा राखिएको छ । ‘हामी फक्र्यौ आफ्नै घर कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका काठमाडौंका युवाहरुलाई सघन उद्यमशीलता तालिम प्रदान गरी उद्यम व्यवसाय गर्न अभिप्रेरित गरिनेछ,’ प्रतिवद्धता–पत्रमा भनिएको छ,’ ‘काठमाडौंको फोहरमैला ब्यबस्थापनमा निजी क्षेत्रसँग परियोजना विकास सम्झौता गरी आगामी आर्थिक बर्षको शुरुदेखि यस परियोजनालाई कार्यान्वयनमा लगिनेछ । घरधुरीस्तरमा नै फोहरमैला वर्गीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
प्रतिवद्धता–पत्रमा बढी भिडभाड हुने सार्वजनिक स्थलहरुमा आवश्यकता अनुसार सुविधा सम्पन्न र वातावरणमैत्री ६० वटाआधुनिक सार्वजनिक शौचालयहरुको निर्माण गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ । सरकारी वा सामुदायिक अस्पतालहरुसँगको सहकार्यमा कम्तिमा ५० शैयाको महानगर ज्येष्ठ नागरिक अस्पताल सञ्चालनमा ल्याइनेछ,’ प्रतिवद्धता–पत्रमै भनिएको छ,’ ‘महानगरवासीको स्वास्थ्य अवस्था पहिचानको लागि हेल्थ कार्ड प्रणाली अवलम्वन गरिनेछ । नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत महानगरवासीको स्वास्थ्य विमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।’
महानगरपालिकाले सार्वजनिक गरेको प्रतिवद्धता–पत्रमा ७५ बर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई दिदै आएको बार्षिक रु. १२००० विशेष भत्ता बृद्धि गरी रु. १८,००० पु¥याउने उल्लेख गरेको छ । ‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान सञ्चालन गरी युवाहरू संलग्न विज्ञान, प्रविधि, सामाजिक सेवा, उद्यमशीलता तथा सीपबृद्धिका क्षेत्रमा उदाहरणीय कार्य गर्ने संघ संस्थासँग समन्वय र सहकार्य गरिनेछ,’ प्रतिवद्धता–पत्रमा भनिएको छ,’ युवाहरूको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा स्वस्थ जीवनशैली, नेतृत्व विकास, सकारात्मक सोच सम्बन्धीयुवासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।’
महानगरको सूचना नियमिता र प्रभावकारी संप्रेषणका लागि मिडिया डेस्कको स्थापना गर्ने कुरालाई पनि प्रतिवद्धता–पत्रमा समावेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया