नेकपा एमालेले शुक्रबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । आजैदेखि सर्ने नयाँ पार्टी कार्यालय च्यासलमा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस विशेष कार्यक्रम पनि गरिनेछ भने ‘कम्युनिस्ट योद्धा’हरुलाई सम्मान पनि गरिने रिजालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया