आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
378
Shares

१. आर्थिक सुधारका लागि विशेष प्याकेज ल्याउन विश्व समुदायसँग राष्ट्रपति भण्डारीको आग्रह, गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने धारणा ।

२. गठबन्धनका नाममा कांग्रेसले खराब प्रवृत्तिका मानिसलाई साथ दिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, गठबन्धनसँगै कांग्रेस पनि सकिने दाबी ।

३. अहंकारी प्रवृत्तिको अन्त्य गरेर फेरि कम्युनिष्ट एकता हुने नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’को भनाइ, समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने धारणा ।

४. पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने, काठमाडौंमा वैशाख २२मा शक्ति प्रदर्शन हुने ।

५. बजेट निर्माणलाई तिव्रता दिँदै अर्थ मन्त्रालय, बिहीबारदेखि १५ मन्त्रालयसँग लगातार छलफल गर्ने कार्यसूची ।

६. बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्ने प्रधानसेनापति प्रभुराम शर्माको भनाइ, सैनिक मूल्य–मान्यतालाई सदैव केन्द्रमा राख्नु पर्ने धारणा व्यक्त ।

७. डब्लुएचओका महानिर्देशक तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगे, नेपाल भ्रमणमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम ।

८. आजबाट सञ्चालनमा आयो भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणको भनाइ ।

९. क्यान इन्फोटेकको २७ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा आज देखि सुरु, इन्फोटेक ६ दिनसम्म आयोजना हुने ।

१०. ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, २ जनाको मृत्यु, ६ जना घाइते, विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन ।

११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ५ सय ४७ परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जना कोरोना संक्रमण मुक्त ।

१२. युक्रेनको राजधानी किभ नजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका ।

१३. पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई नपुंशक बनाउने कानुन ल्याउँदै, तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढेसँगै पेरु सरकारको यस्तो निर्णय ।

१४. म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा एरिक टेन ह्याग नियुक्त, म्यानचेस्टरसँग २०२५ को जुन सम्मको लागि सम्झौता ।

१५. र, आईसीसी महिला यू९१९ विश्वकप छनोटको लागि क्यानले ४४ खेलाडीलाई क्लोज क्याम्पमा बोलायो, क्लोज क्याम्प वैशाख १० गतेबाट सुरु हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?