काठमाडौं । बागमती प्रदेशमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद विजय सुवेदीले राजीनामा दिएका छन् ।
आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न सांसद सुवेदीले राजीनामा दिएका हुन् ।
निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाबाट मेयरको लागि सिफारिस भएका छन् । त्यससँगै उनले राजीनामा दिएका हुन् ।
उनले बिहीबार दिँउसो बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन् ।
सर्वोच्च अदालतले कुनै पनि जनप्रतिनिधिले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने निर्णयलाई कार्यान्वयन गर्न आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया