सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

आगामी स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउनका लागि बैठक बोलाएका हुन् ।

बैठकमा नेताहरु डा. शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधीलाई समेत बोलाइएको छ । त्यसैगरी वर्तमान केन्द्रीय कमिटीको केही पदाधिकारीहरुलाई समेत बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?