वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच चुनावी तालमेल गर्ने सहमति भएसँगै लोसपामा विवाद उत्पन्न भएको छ ।
लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झालगायतका केही नेताहरुले एकलौटी रुपमा एमालेसँग गठबन्धन गरेको भन्दै लोसपाका महानगर अध्यक्ष ओमप्रकाश सर्राफले विरोध गरेका छन् । उनले भने, ‘चुनावी तालमेल कुनै नेताको व्यक्तिगत स्वार्थका लागि भएको हो, यसमा पार्टीको सहमति छैन ।’
वीरगञ्ज महानगरपालिकामा एमालेभन्दा लोसपा बलियो रहेको दाबी गर्दै उनले गत स्थानीय चुनावमा एमालेले आठ हजार मत मात्र ल्याएको बताए । तर, लोसपाले १३ हजार मत ल्याएको बताउँदै उनले अहिले पनि एमालेभन्दा लोसपा धेरै बलियो रहेको बताए । त्यस हिसाबले मेयर लोसपाले पाउनुपर्ने अध्यक्ष सर्राफले बताए । उनले भने, ‘कुन मापदण्डले एमालेलाई मेयर दिएको हो, यो त एमालेसमक्ष लोसपाले आत्मसम्र्पण गरेको जस्तो भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया