काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी स्थानीय निर्वाचनका लागि महानगर र उपमहानगरको मेयर तथा उपमेयरको भागबण्डा मिलाएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकको निर्णयअनुसार काठमाडौं, भक्तपुर र विराटनगरमा कांग्रेसको भागमा परेको छ । त्यसैगरी विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसले उपमेयर पाउने भएको छ ।
त्यस्तै धरान, इटहरी, कलैया, बुटवल र तुलसीपुरमा, नेपालगञ्ज र धनगढी उपमहानगरमा मेयर पाउने भएको छ भने जितपुर सिमरा, घोरही र हेटौँडा उपमहानगरमा उपमेयर पाउने भएको छ ।
त्यसैगरी माओवादी केन्द्रलाई भरतपुर महानगरपालिकामा मेयर तथा ललितपुरमा उपमेयर दिने सहमति भएको छ । भने जितपुर सिमरा र घोराही उपमहानगरमा मेयरको भागबण्डा परेको छ भने धरान र धनगढीमा उपमेयरको भागबण्डा परेको छ ।
बैठकको निर्णय अनुसार पोखरा महानगरमा प्रमुखसहित काठमाडौं महानगरमा उपप्रमुखको भागबण्डा पाएको छ भने हेटौँडा उपमहानगरमा मेयर साथै इटहरी, बुटवल, तुलसिपुर उपमहानगरमा उपमेयरको भागबण्डा पाएको छ ।
यसैगरी जनता समाजवादीले विरगञ्ज महानगरमा प्रमुखसहित विराटनगरमा उपप्रमुखको भागबण्डा पाएको छ भने जनकपुर उपमहानगरमा प्रमुखसहित कलैया र नेपालगञ्ज उपमहानगरमा उपमेयर पाएको छ ।
बैठकले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारको चयन गर्न समेत निर्देशन दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया