काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले शुक्रबार बिहान निवास खुमलटारमा भेट गरेका छन् । आफ्नो कार्याकाल सकाउन लागेकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेका हुन् ।
अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने, ‘तपाईको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’ अध्यक्षले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए ।
उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।
राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेल्नुभएका अध्यक्ष प्रचण्डको प्रशंसा गरे । उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरता पछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया