गठबन्धनले गरेको भागबण्डा मान्न तयार छु : चिरिबाबु महर्जन

लोकपथ
1.2k
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबण्डा आफूहरु मान्न तयार रहेकाे बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुबाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरु मान्न तयार रहेकाे बताएका हुन् ।

उनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए । ललितपुर महानगरपालिकाको मेयर र उपमेर आफूहरुले राख्ने उनले बताए ।

त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरु पनि आफूहरुलाई राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफूहरुले ५० प्रतिशत लिएर भागबन्डा गर्ने उनले बताए ।

उनले भने– ‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ । ललितपुर हामी छोड्दैनौँ । हामीले त जितेको ठाउँ हो नि त । छोड्ने भन्ने त प्रश्नै आउँदैन । मेयर र उपमेयर हामी राख्छौँ । २९ वडामा १९ वडा भागबन्डा गर्छौँ । १० वडा हामी नै राख्छौँ । भागबन्डा गर्दाखेरी हामी घटीमा पनि ५० प्रतिशत लिन्छौँ । मैले पाउँछु फरकै पर्दैन । जितेको मेयर मै हुँ । जित्नेपनि मै हुँ । गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरंश पालना गर्छौँ ।’

उनले ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार आफू भएको पनि बताए । आफूले नै मेयरको टिकट पाउने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?