स्थानीय निर्वाचन : टुंगियो महानगरको भागबण्डा, कसलाई कहाँ ?

लोकपथ
3.7k
Shares

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले महानगरको भागबण्डा टुंग्याएको छ ।

जसअनुसार नेपाली कांग्रेसले दाबी गरिरहेको पोखरा महानगरपालिका एकीकृत समाजवादीकाे भागमा परेकाे छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसकाे भागमा परेकाे छ भने माओवादी केन्द्रले भरतपुर र जसपाले वीरगञ्ज महानगरपालिका पाउने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?