गठबन्धन देखेर ओली थरथर काँपे : नेता पौडेल

लोकपथ
322
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कापेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा पौडेलले सो कुरा बताउँदै वर्तमान राजनीतिक अवस्थाको टिप्पणी समेत गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दैै नेता पौडेलले वर्तमान गठबन्धन लोकतन्त्र र व्यवस्था बचाउन गरेको जिकिर गरेका छन् ।

नेता पौडेलले भने, ‘लोकतन्त्र उल्टयाउने षड्यन्त्रहरुविरुद्व सर्तक हुनुपर्छ ।’

गठबन्धनको शक्तिबाट अत्तालिएर ओली भ्रष्ट, प्रगतिगामी र अवसरवादीको शरणमा पुगेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?