काठमाडौं । लोकतान्त्रिक समाजवादी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक पेज ह्याक भएको छ ।
नेता महतोले सामाजिक सञ्जालमा लेख्दै आफ्नो फेसबुक पेज ह्याक भएको जानकारी गराएका हुन् ।
उनको आधिकारिक फेसबुक पेजबाट आफू लोसपाबाट बिराम लिएको बताउँदै पार्टीमा सहयोग गर्नेहरुका लागि धन्यवाद समेत ज्ञापन गरेको लेखिएको छ । सो कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै आफूले कानुनी बाटोमा जाने समेत बताएका छन् ।
उनले भनेका छन्, ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार संप्रेसन गरेको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस मा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु।यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दाइरामा ल्याउन पहल गर्नेछु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया