काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलहरुले गठबन्धन टुटाउन लागेको आरोप लगाएका छन् ।
मंगलबार राजधानीमा आयोजित नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले चारैतिरबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।
निर्वाचनमा कुनै न कुनै दलसँग तालमेल गरेर जानुपर्नेमा जोड दिँदै कांग्रेस सभापति समेत रहेका देउवाले कुनै पनि हालतमा गठबन्धन टुट्न दिन नहुनेमा जोड दिए ।
‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, देउवाले भने, ‘त्यस कारणले कसैसँग त गठबन्धन गर्नैपर्याे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया