काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ । सो क्रममा मंगलबार आयोगले पत्रकार सम्मेलन गरी पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।
आयोगको पत्रकार सम्मेलनका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमै हुने बताएका छन् ।
पछिल्लो समय राजनीतिक दलहरुले निर्वाचन सर्नसक्ने आशंका व्यक्त गरिरहेका बेला प्रमुख आयुक्त थपलियाले सो कुरा स्पष्ट पारेका हुन् ।
पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै थपलियाले भने, ‘निर्वाचन हुदैन कि भनेर आदरणीय व्यक्तिहरुलाई कद नघटाउन अनुरोध छ ।’
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया