भरतपुरसहित ४ उपमहानगरमा माओवादी केन्द्रको दाबी

लोकपथ
602
Shares

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भरतपुर महानगरसहित ४ वटा उपमहानगर दाबी गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चुनाव अनुगमन तथा परामर्श समितिको बैठकमा माओवादीले सो प्रस्ताव गरेको हो ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको गठित समितिको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिका दाबी गरेको हो ।

त्यसैगरी सत्तारुढ दल नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिका र जनता समाजवादीलाई वीरगञ्ज उपमहानगरपालिका दिएर अघि बढ्न माओवादीले समितिलाई सुझाव दिएको छ ।

स्थानीय निर्वाचनको मिति नजिकिए पनि राजनीतिक दलहरु भने स्थानीय निर्वाचन भन्दा तालमेललाई तिव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?