काठमाडौं । आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मिति नजिकिए पनि राजनीतिक दलहरुले तालमेल र गठबन्धनलाई तीव्रता दिएका छन् ।
आगामी वैशाख ११ र १२ मनोनयनको मिति तोकेको छ । तर गठबन्धनमा आबद्ध सत्तारुढ दलसहित अन्य दलहरुले समेत तालमेललाई तीव्रता दिएका छन् ।
हाल सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेससहित गठबन्धनमा आबद्ध दलहरु तालमेल गरेर अघि बढ्ने संस्थागत निर्णय गरिसकेका छन् । तर तल्लो तहबाट आइरहेको असन्तुष्टिका कारण गठबन्धनमा आबद्ध दलहरु थप छलफलमा जुटेका छन् ।
त्यस्तै हाल प्रतिपक्षमा रहेका नेकपा एमाले अन्य साना दलहरुसँग तालमेल गरिरहेको छ । हालसम्म राप्रपा नेपाल र नेपाल परिवार दलसँग तालमेल गरिसकेको छ । भने अन्य दलहरुसँग समेत तालमेल गरेर अघि बढ्ने तयारीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया