काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर इकाइ समितिले आगामी स्थानीय तहको निर्वाचनमा तालमेलको औचित्य नरहेको स्पष्ट पारेको छ ।
आइतबार बसेको कांग्रेस महानगर समितिको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा उपस्थित सबैले महानगरमा कांग्रेस एक्लै चुनाव लड्नु पर्ने र कसैसँग तालमेल गर्न आवश्यक नरहेको सुझाव दिएका छन्।
बैठकले पार्टीको तर्फबाट मेयर पदको उम्मेदवारमा महानगर सभापति नीलकाजी शाक्य र उपमेयरमा उपसभापति शुशिला ढकालको नाम पहिलो नम्बरमा सिफारिस गर्ने पनि निर्णय भएको छ।
पार्टीको विधान अनुसार अन्य आकांक्षीहरूको नाम त्यसपछि सिफारिस गर्ने निर्णय बैठकले गरेको छ। उम्मेदवार सिफारिस लगायतका चुनाव सम्बन्धि बाँकी काम गर्ने अधिकार बैठकले पदाधिकारीलाई दिएको छ। कांग्रेसले महानगरमा मेयर र उपमेयरका लागि पार्टीबाट आकांक्षीहरूको नाम अझै सिफारिस गरिसकेको छैन।
कांग्रेसको विधान अनुसार मेयर पदको उम्मेदवारका लागि एक महिलासहित तीन जना तथा उपमेयरमा एक महिलासहित दुई जनाको नाम नगर कार्यसमितिले माथिल्लो निकायमा सिफारिस गर्नुपर्ने व्यवस्था छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया