काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा परिणाम देखिने गरी लाग्न आह्वान गरेका छन् ।
शुक्रबार बिहान प्रचण्ड निवास खुमालटारमा बसेको पार्टी पूर्वस्थायी कमिटीको बैठकमा प्रचण्डले त्यस्तो आह्वान गरेका हुन् ।
आगामी स्थानीय तहको निर्वाचनमा तालमेल कसरी अघि बढ्ने भन्ने विषयमा नेताहरुलाई अध्यक्ष दाहालले ब्रिफिङ गरेको बैठकमा उपस्थित एक नेताले बताए ।
ती नेताका अनुसार तालमेल गरेर जाँदा हुने झमेलालाई तोड्दै निर्वाचनमा गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई जिताउनुपर्ने प्रचण्डको जोड रहेको थियो ।
साथै निर्वाचनका बेला अन्य पार्टीबाट माओवादी केन्द्रमा आएका नेता कार्यकर्ताहरुलाई उचित मूल्यांकनको आधारमा जिम्मेवारी दिने समेत स्पष्ट पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया