काठमाडौंको मेयरका लागि एमालेबाट पूर्व राज्यमन्त्रीसहित पाँच जनाको नाम सिफारिस

लोकपथ
1.1k
Shares

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले) बाट पाँचजनाको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँचजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रामवीर मानन्धरले जानकारी दिए ।

उनका अनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो ।

शाक्य हालका मेयर हुन् भने स्थापित पूर्व मेयर हुन् । त्यस्तै मानन्धर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य र पूर्व राज्यमन्त्री समेत हुन् । पन्त भने एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?