७० लाखभन्दा बढी मतपत्र छापिए

लोकपथ
21
Shares

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्रकाे छपाइ सम्पन्न भएको जनाएको छ ।

निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएकाे हाे ।

‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइकार्य भइरहेको छ ।’

आवश्यक पर्ने कुल मतपत्रमध्ये ३६ दशमलव २५ प्रतिशत छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?